हटाइए गण्डकीका भौतिकमन्त्री खड्का
पाेखरा | कात्तिक २९, २०७९
पोखरा: मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीका अर्का मन्त्रीपनि बर्खास्त गरेका छन् ।
उनले मंगलबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई हटाएका हुन् ।
कांग्रेसबाट समानुपातिक सांसद बनेर मन्त्री बनेका खड्कालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको 'ग्रिन सिग्नल' मिलेपछि मुख्यमन्त्रीले हटाएकाे बताइएकाे छ ।
स्रोतका अनुसार मुख्यमन्त्री र कांग्रेस पार्टी तथा उमेदवारलाई 'असहयोग गरेपछि' उनलाई हटाइएको हो । यसअगाडि बर्खास्तीमा परेका हरिशरण आचार्यलाई चाहिँ प्रचण्डलाई असहयोग गरेको भन्दै हटाइएको थियो ।
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...
बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...

